अरुणाचल र सिक्किम चुनावको मतगणना जारी, दुवै राज्यमा सत्तारुढ गठबन्धन अगाडि
आइतबार, २० जेठ २०८१, ०९ : ३१
नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको नतिजा आज आउँदैछ । अरुणाचल प्रदेशका ६० सिटमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ५० सिटको नतिजा आज आउँदैछ ।
यहाँ भाजपाले २०१९ मा ४१ सिट जितेको थियो । यसपटक कांग्रेसले ३४ सिटमा उम्मेदवार बनाएको छ । मतगणना सुरु भएको पहिलो घण्टामा भाजपा र उसका सहयोगी दल १७ सिटमा अगाडि छन् । कोनराड संगमाको नेसनल पिपुल्स पार्टी तीन सिटमा अगाडि छ ।
उता सिक्किममा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा १७ सिटमा अगाडि छ । पार्टीले बहुमतको आँकडा पार गरेको छ ।
भाजपा र उनको सहयोगी सिक्किम डेमोक्रेटिक फ्रन्ट एक–एक सिटमा अगाडि छन् । दुवै प्रदेशको प्रारम्भिक प्रवृत्तिमा कांग्रेसले अहिलेसम्म कुनै पनि सिटमा अग्रता पाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण