अरुणाचल र सिक्किम चुनावको मतगणना जारी, दुवै राज्यमा सत्तारुढ गठबन्धन अगाडि
आइतबार, २० जेठ २०८१, ०९ : ३१

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको नतिजा आज आउँदैछ । अरुणाचल प्रदेशका ६० सिटमध्ये १० सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । बाँकी ५० सिटको नतिजा आज आउँदैछ ।
यहाँ भाजपाले २०१९ मा ४१ सिट जितेको थियो । यसपटक कांग्रेसले ३४ सिटमा उम्मेदवार बनाएको छ । मतगणना सुरु भएको पहिलो घण्टामा भाजपा र उसका सहयोगी दल १७ सिटमा अगाडि छन् । कोनराड संगमाको नेसनल पिपुल्स पार्टी तीन सिटमा अगाडि छ ।
उता सिक्किममा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा १७ सिटमा अगाडि छ । पार्टीले बहुमतको आँकडा पार गरेको छ ।
भाजपा र उनको सहयोगी सिक्किम डेमोक्रेटिक फ्रन्ट एक–एक सिटमा अगाडि छन् । दुवै प्रदेशको प्रारम्भिक प्रवृत्तिमा कांग्रेसले अहिलेसम्म कुनै पनि सिटमा अग्रता पाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास निर्माणका काममा भएको ढिलासुस्ती सरकारले तत्काल हटाउनुपर्छ : सांसद मिजार
-
इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सेना बोलाउन थाल्यो
-
जग्गा एउटाले उपभोग गर्दै, लालपुर्जा अर्कैको नाममा
-
एक्सन हिरोको रूपमा देखिँदै राज
-
आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
-
काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने