नामबाट बुवाको थर हटाउन जोली र पिटकी छोरीद्वारा अदालतमा निवेदन
लस एन्जल्स । हलिउडमा एक समय यस्तो थियो, जब एन्जेलिना जोली र ब्राड पिटको चर्चा हरेक ठाउँ हुन्थ्यो । उनीहरू हलिउडकै चर्चित र रुचाइएका जोडीमा पर्दथे । करिब १० वर्षसम्म सँगै रहेका यो जोडीले अलग्गिने निर्णय लिए पछि उनीहरूका फ्यानहरू दुःखी भएका थिए । अहिले आएर उनीहरूको छोरी शिलोहले आफ्नो नाम परिवर्तन गर्न माग गरेकी छन् ।
शिलोहले आफ्नो नामबाट ‘पिट’ हटाउनका लागि लस एन्जल्स काउन्टी सुपेरियर कोर्टमा निवेदन दिएकी छन् । शिलोह नोबेल जोली–पिटले गत मे २७ मा कोर्टमा आफ्नो नाम फेरेर शिलोह नोबल राख्नका लागि निवेदन दिएकी हुन् ।
२००६ मे २७ मा जन्मिएकी शिलोहको इन्स्टाग्राम प्रोफाइलबाट आफ्नो नामको पछाडिको ‘पिट’ हटाई माग्न उनले कोर्टमा निवेदन दिएकी हुन् । यसपछि उनले कानुनी रूपमा नै उपनाम परिवर्तन गर्ने निर्णय लिएकी छन् । शिलोहले आफ्नो १५ वर्षे बहिनी विविएनले आफ्नो नाम पछाडिको ‘पिट’ हटाएपछि यो निर्णय लिएकी हुन् ।
जोली र पिटकी १९ वर्षकी छोरी जहरालाई उनको युनिभर्सिटीमा जहरा माले जोलीका रूपमा चिनिन्छ । उनका नाममा पनि पिता ब्राड पिटको उपनाम छैन । अब शिलोह पनि आफ्नो बाँकी बहिनीको जस्तै नामबाट ‘पिट’ हटाउन चाहन्छिन् । शिलोह कानुनी रूपमा नाममा बदलावका लागि निवेदन दिने जोली र ब्राडको पहिलो सन्तान हुन् ।
ब्राड पिट र एन्जेलिना जोलीको भेट सन् २००४ मा फिल्म ‘मिस्टर एन्ड मिसेस स्मिथ’को सुटिङमा भएको थियो । त्यो समयमा ब्राड ‘फ्रेण्ड्स’ फेम जेनिफर एनिस्टनसँग वैवाहिक बन्धनमा थिए । तर जोलीसँग भेट भएपछि उनले जेनिफरबाट अलग्गिने निर्णय लिए ।
लामो समयको डेटपछि उनीहरूले सन् २०१४ मा विवाह गरे र सन् २०१६ मा अलग्गिने निर्णय लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण