लागु औषधसहित कैलाली र मोरङबाट तीन जना पक्राउ
काठमाडौं । अवैध लागु औषधसहित नेपाल प्रहरीले कैलाली र मोरङबाट तीन जनलाई पक्राउ गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका-१ अनामनगरबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता मोरङको धनपालथान गाउँपालिका-३ टिटैयाबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दर हरैचा नगरपालिका-४ बस्ने २९ वर्षीय राम कुमार चौधरी र रङ्गेली नगरपालिका-३ बेतौना बस्ने २४ वर्षीय सुरेन्द्र मर्डी रहेका छन् ।
इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४१ प ९३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण