३५ घण्टापछि कर्णालीमा विद्युत् सेवा
आइतबार, २० जेठ २०८१, २२ : ३०

सुर्खेत। हिजो शनिवार बिहान नौ बजेदेखि अवरुद्ध भएको कर्णालीको विद्युत् सेवा करिब ३५ घण्टापछि सुचारु भएको छ। आइबार १० बजेतिर विद्युत् पुनः सुचारु भएको हो ।
शनिवार बिहानदेखि अवरुद्ध विद्युत् दिउँसो तीन बजेतिर केहीबेर सुचारु भएको थियो । त्यसपछि ठुलो हावाहुरीसँगै पानी परेपछि अवरुद्ध भएको विद्युत् आइतबार बेलुका मात्र सुचारु भयो ।
विद्युत् प्राधिकरण सुर्खेतका अनुसार शनिवारको हावाहुरीले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन अन्तर्गत बाँके जिल्लाको गाबरको जङ्गलमा रूख ढली लाइनमा परेर ८(९ वटा पोलमा क्षति पुराएको थियो ।
विद्युत् अवरुद्धसँग आइतबार दिनभर कर्णालीमा नेट इन्टरनेट पनि अवरुद्ध हुँदा कामकारबाहीमा असर परेको थियो । नेपाल टेलिकमको टावर समेत सञ्चालन नहुँदा फोन सम्पर्कमा कठिनाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?