टी–२० विश्वकपको इतिहासमा १२ वर्षपछि प्रयोगमा आयो ‘सुपर ओभर’
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको पहिलो खेलमा नामिबियाले ओमानमाथि रोमाञ्चक जित हासिल गरेको छ । बार्बाडसस्थित केसिङ्टन ओभलमा खेलिएको उक्त खेलमा नामिबिया ‘सुपर ओभर’ मा विजयी भएको हो ।
टी–२० विश्वकपको इतिहासमा १२ वर्षपछि कुनै पनि खेलेको छिनोफानो ‘सुपर ओभर’ बाट भएको हो । समग्रमा भने टी–२० विश्वकपको इतिहासमा ‘सुपर ओभर’ बाट हार–जितको निर्णय निकालिएको यो केवल तेस्रो पटक हो ।
यसअघि सन् २०१२ मा श्रीलंकामा सम्पन्न चौथो टी–२० विश्वकपमा ‘सुपर ओभर’ बाट हार–जितको निर्णय निकालिएको थियो । त्यतिबेला ‘सपर–८’ चरणमा न्युजिल्यान्ड र श्रीलंकाबिच खेल भएको थियो ।
त्यो खेलमा टस जितेको न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको श्रीलंकाले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७४ रनमात्र बनाउन सकेको थियो । त्यसपछि ‘सुपर ओभर’ मा श्रीलंकाले न्युजिल्यान्डलाई हराएको थियो ।
यसैगरी सन् २०१२ मा सम्पन्न टी–२० विश्वकपमा न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको खेलको निर्णय पनि ‘सुपर ओभर’ बाट निकालिएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ३९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले पनि निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सकेको थियो ।
त्यसपछि ‘सुपर ओभर’ मा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई पराजित गरेको थियो । टी–२० विश्वकपको इतिहासमा हालसम्म केवल चारपटक खेल बराबरीमा सकिएको छ । एक पटक भने दुवै टोलीलाई एक–एक अंक प्रदान गरिएको थियो । त्यो खेलमा ‘सुपर ओभर’ प्रयोग गरिएको थिएन ।
सोमबार बार्बाडसमा खेलिएको ओमान र नामिबियाबिचको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एसियाली राष्ट्र ओमानले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय नौ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अफ्रिकी राष्ट्र नामिबियाले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय नौ रनमात्र बनाउन सक्यो ।
त्यसपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा नामिबियाले पहिले ब्याटिङ गर्दै कुनै पनि विकेट नगुमाई २१ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने सुपर ओभरमा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो ।
समूह ‘बी’ मा पहिलो खेल खेलेको नामिबिया दुई अंकसहित तालिकको पहिलो स्थानमा छ । ओमान आफ्नो पहिलो खेलमै पराजित भएको छ । त्यो समूहमा रहेका अस्ट्रेलिया, इङ्ल्यान्ड र स्कटल्यान्डले भने एक खेल पनि खेलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण