प्रभाव पार्न सक्ने खेलाडी : एन्जेलो म्याथ्यूज (श्रीलंका)
काठमाडौँ । एजेन्लो म्याथ्यूज श्रीलंकाका अलराउन्डर खेलाडी हुन् । दक्षिण अफ्रिकाविरुद्ध सोमबार खेलिने खेलमा श्रीलंकाले एन्जेलो म्याथ्यूजबाट निखारिएको प्रदर्शनको आशा गरेको छ । उनको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो देखिन्छ ।
३७ वर्षीय अनुभवी खेलाडी एन्जेलो म्याथ्यूजले श्रीलंकाका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । यी दायाँ हाते ब्याट्सम्यानले एक सय नौ टेस्टको एक सय ९३ पालीमा कुल सात हजार ६ सय आठ रन बनाएका छन् ।
टेस्ट क्रिकेटमा उनले १६ शतक र ४१ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय रन हो । उनी टोलीका प्रभावशाली फिल्डर पनि हुन् । उनले टेस्टमा ७४ वटा क्याच पनि लिएका छन् ।
यसैगरी एन्जेलो म्याथ्यूजले दुई सय २६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एक सय ९५ पालीमा कुल पाँच हजार नौ सय १६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ३९ रन हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले तीन शतक र ४० वटा अर्धशतक प्रहार गरिसकेका छन् । उनले ५३ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले देशका लागि ८७ टी–२० अन्तर्राष्ट्रिय खेलको ७० पालीमा कुल एक हजार तीन सय ५४ रन बनाएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित ८१ रन हो । यस क्रममा उनले ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एन्जेलो म्याथ्यूजले २७ वटा क्याच पनि लिएका छन् ।
यसैगरी उनले टेस्ट क्रिकेटमा ३३, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय २६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ वटा विकेट पनि लिएका छन् । बलिङतर्फ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन खर्चिएर तीन विकेट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण