छोरीको पिता बने वरुण धवन
नयाँ दिल्ली । बलिउड अभिनेता वरुण धवन छोरीको पिता बनेका छन् । वरुणकी पत्नी नताशा दलाल सोमबार राति मुम्बईको हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी छिन् । अस्पतालबाट वरुणका पिता डेविड धवन, आमा करुणा धवन, भाउजु जान्हवी धवनको भिडियो बाहिरिएको छ ।
पापाराजीसँग कुराकानी गर्ने क्रममा डेविडले वरुण र नताशाको छोरी जन्मिएको बताएका थिए । निर्देशक करण जौहरले इन्ष्टाग्राममा ‘मेरो छोराको घरमा छोरी जन्मिएकी छिन्’ भन्दै धवन सम्पत्तिलाई बधाई दिएका छन् । अर्जुन कपूरले पनि छोरीको पिता भएकोमा वरुणलाई बधाई दिएका छन् । वरुण–नताशाले यही वर्षको फेब्रुअरीमा आफूहरू मातापिता बन्न लागेको घोषणा गरेका थिए । वरुण र नताशाले सन् २०२१ को जनवरीमा बिहे गरेका थिए ।
यतिबेला वरुण धवन आगामी फिल्म ‘बेबी जोन’मा काम गरिरहेका छन् । फिल्ममा वरुणसँगै कीर्ति सुरेश, वामिका गब्बी, सान्या मल्होत्रा र जैकी श्राफजस्ता कलाकार पनि देखिनेछन् । यो फिल्मलाई जवानका निर्देशक एट्लीले निर्देशन गरिरहेका छन् । यसबाहेक पनि वरुण वेब सिरिज ‘सिटाडेलः हनी बनी’मा पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण