बीजेपीले बहुमत नपाउने भएपछि एनडीए फुटाउनतिर लाग्यो कांग्रेस
नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचनको मतगणना रोमाञ्चक भइरहेको छ । अहिलेसम्मको रुझानले बीजेपी बहुमतबाट टाढा रहने देखाइरहेको छ ।
यस्तोमा कांग्रेसले एनडीए गठबन्धनका साझेदारहरूलाई रिझाउन आफ्नो सक्रियता बढाउन शुरु गरेको छ । स्रोतका अनुसार कांग्रेसले जेडीयू नेता लालन सिंहसँग सम्पर्क गरेको छ ।
योसँगै टीडीपीलाई इन्डिया गठबन्धनमा ल्याउने प्रयास भइरहेको छ । सोनिया गान्धीका सारथी केसी वेणुगोपालले टीडीपी प्रमुख चन्द्रबाबु नायडूका छोरा नारा लोकेशसँग कुरा गरेको बताइएको छ ।
अहिलेसम्मको रुझान हेर्दा अब बन्ने समीकरण निकै रोचक हुने देखिएको छ । यो समाचार तयार पार्दासम्म एनडीए २९० सिटमा अगाडि छ । तर, बीजेपीले २३६ सिटमा मात्र अग्रता लिएको छ ।
यस्तो अवस्थामा आगामी सरकार गठनमा गठबन्धन साझेदारको भूमिका निकै महत्त्वपूर्ण हुनेछ । टीडीपी १६ सिटमा अगाडि छ भने नितिश कुमारको जेडीयू १४ सिटमा अगाडि छ । उता, एलजेपी ५ सिटमा, शिवसेना ५ सिटमा र जेएसपी २ सिटमा अगाडि छ ।
इन्डिया गठबन्धन २३१ सिटमा अगाडि छ । जसमा कांग्रेस ९३ सिटमा अगाडि छ । अघिल्लो लोक सभा निर्वाचनको तुलनामा यस पटक कंग्रेसले ४१ सिट बढी जित्ने देखिन्छ । गठबन्धनका अन्य सहयोगीहरूमध्ये समाजवादी पार्टी ३२ सिटमा, टीएमसी ३१ सिटमा, डीएमके २१ सिटमा, एनसीपी शरद पवार ७ सिटमा, शिवसेना यूबीटी ११ सिटमा, आरजेडी ४ सिट र सीपीएम ५ सिटमा अगाडि छन् ।
अहिलेसम्मको रुझान अनुसार नै अन्तिम परिणाम आयो भने भावी सरकार गठनमा गठबन्धनका साना साझेदार दलहरुको महत्त्व निकै बढ्नेछ । कांग्रेसले जेडीयू र टीडीपीलाई आफ्नो पल्लामा ल्याउन जुटेको कारण पनि यही हो । यी दुवै दल यसअघि विपक्षी गठबन्धनमा रहेका थिए । तर यिनीहरू गठबन्धन फेर्न माहिर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण