हुलाकी सडकको मुआब्जा नपाएपछि रिले अनसन
मङ्गलबार, २२ जेठ २०८१, १६ : ४९
काठमाडौँ । हुलाकी सडकले अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाएको भन्दै बाराका स्थानीयले रिले अनसन सुरु गरेका छन् । पीडितहरूले मंगलबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन रिले अनसन सुरु गरेका हुन् ।
_NWKxg6p8Zu.jpg)
_artQsDG2b2.jpg)
तामागढी–सिम्रौनगढ हुलाकी सडकले बारा–१ को जग्गा अधिग्रहण गरी मुआब्जा भने नदिएको मुआब्जा संघर्ष समितिको आरोप छ । पीडितहरूले पटक–पटक आन्दोलन र अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको समितिको भनाई छ । रिले अनसनमा सांसद अच्युत मैनालीले पनि ऐक्यबद्धता जनाएका छन् भने उनले यस विषय निरन्तर आवाज उठाउँदै आएका छन् ।
_ynHmVk6kmE.jpg)
तामागढी–सिम्रौनगढ हुलाकी सडक २०७८ चैत १८ गते सम्पन्न भएको थियो । ३९.७५ किलोमिटर सडक निर्माणका क्रममा सडक विस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण