टी–२० विश्वकप : नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु भएको छ । अम्पायरसँगै दुबै टोलीका खेलाडी मैदानमा प्रवेश गरेका छन् । दुबै राष्ट्रको राष्ट्रिय गान पनि पुरा भएको छ ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो । नेदरल्यान्ड्सले टस जिती पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीका लागि टसले ठुलो अर्थ नराख्ने बताएका छन् । ‘टस ठुलो कुरा होइन, हामी पहिले ब्याटिङ गर्दै बढीभन्दा बढी रन बनाउन चाहन्छौ । अहिलेका लागि हाम्रो लक्ष्य यही हो,’ नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएपछि नेपाली टोलीका कप्तानले भने ।
उनले १० वर्षपछि आफूहरु विश्वकप मञ्चमा उभिएको बताउँदै सानैदखि देशका लागि विश्वकप खेल्नु आफ्नो सपना भएको प्रतिक्रिया पनि दिएका छन् । नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको डालासमा हुँदैछ । रंगशालामा आफ्नो टोलीको हौसला बढाउन हजारौँको सङ्ख्यामा नेपाली समर्थक उपस्थित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण