सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

करोड बढीको लागतमा वडा कार्यालयको भवन निर्माण

बुधबार, २३ जेठ २०८१, ११ : १६
बुधबार, २३ जेठ २०८१

झापा । दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा भद्रपुर नगरपालिका–३ को कार्यालय निर्माण भएको छ ।  सरकारको रु एक करोड २४ लाखको लागतमा दुईतले भवन निर्माण भएको हो ।  

कार्यालयले आफ्नै भवनबाट मङ्गलबारदेखि सेवा प्रवाह गरेको छ । स्थानीय  ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापामगर, निलमकुमार राई, कुवेर गुरुङ, भीमप्रसाद राई र केविर लिम्बूले पाँच कठ्ठा जमिन वडा कार्यालयलाई दान गरेका हुन् । 

“साँघुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन”, वडाध्यक्ष हेमबहादुर कार्कीले भने, “अब सेवाग्राही र कर्मचारीलाई काम गर्न असहज नहुनेमा विश्वस्त छु ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप