प्रभाव पार्न सक्ने खेलाडी : नसिम खुसी (ओमान)
नसिम खुसी ओमानको टोलीका विकेटकिपर ब्याट्सम्यान हुन् । ४१ वर्षीय नसिम खुसीले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुबै ढाँचाको प्रतियोगिता खेलेका छन् ।
यी दायाँहाते ब्याट्सम्यानले ओमानका लागि हालसम्म ३२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको २५ पालीमा ११२.५३ को स्ट्राइक रेटमा कुल तीन सय ९५ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ६९ रन हो । टोलीका कुशल फिल्डरसमेत रहेका नसिम खुसीले एकदिवसीय क्रिकेटमा हालसम्म २२ क्याच पनि लिएका छन् । विकेटकिपरको भूमिकामा उनले तीन ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् ।
यसैगरी उनले ५० टी–२० अन्तर्राष्ट्रियको ३८ पालीमा १५८.४२ को स्ट्राइक रेटमा कुल ६ सय ८६ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले तीनवटा अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर भने ६९ रन हो ।
उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १९ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले विभिन्न टोलीका पाँच ब्याट्सम्यानलाई स्टम्पिङ पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण