एनआरएनए अभियन्ता कुँवरलाई पत्नी शोक
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता विनोद कुँवरलाई पत्नी शोक परेको छ । उनकी श्रीमती लि जी हयूँगको बुधवार दक्षिण कोरियामा उपचारका क्रममा निधन भएको हो ।
केही समयदेखि क्यान्सरबाट पीडित हयूँग ५० वर्षको उमेरमा सोलस्थित सेभेरेन्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिक शरीर कोरियामै शुक्रबारसम्म श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
एनआरएनएको १० औँ महाधिवेशनबाट अध्यक्ष बनेका कुँवरको कोरिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय रहेको छ । केही अघि सर्वोच्च अदालतले उनी पक्षकै मुद्दाको आधारमा एनआरएनएको विवादलाई ध्यानमा राख्दै संघको गतिविधि २०७८ माघ १ को अवस्थाबाट सुरु हुने फैसला गरेको थियो ।
यसैबीच माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिले लि जी हयूँगको निधनप्रति दु:ख व्यक्त गर्दै समितिका सल्लाकाहकार समेत रहेका कुँवरसहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण