एनआरएनए अभियन्ता कुँवरलाई पत्नी शोक

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता विनोद कुँवरलाई पत्नी शोक परेको छ । उनकी श्रीमती लि जी हयूँगको बुधवार दक्षिण कोरियामा उपचारका क्रममा निधन भएको हो ।
केही समयदेखि क्यान्सरबाट पीडित हयूँग ५० वर्षको उमेरमा सोलस्थित सेभेरेन्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिक शरीर कोरियामै शुक्रबारसम्म श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
एनआरएनएको १० औँ महाधिवेशनबाट अध्यक्ष बनेका कुँवरको कोरिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय रहेको छ । केही अघि सर्वोच्च अदालतले उनी पक्षकै मुद्दाको आधारमा एनआरएनएको विवादलाई ध्यानमा राख्दै संघको गतिविधि २०७८ माघ १ को अवस्थाबाट सुरु हुने फैसला गरेको थियो ।
यसैबीच माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिले लि जी हयूँगको निधनप्रति दु:ख व्यक्त गर्दै समितिका सल्लाकाहकार समेत रहेका कुँवरसहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
-
फ्राईडे रिलिज : हलमा लागेँ ‘जन्ते बाख्रो’ र ‘हाउसफुल ५’
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु