गाजाको विद्यालयमा इजरायली हमला, ३२ जनाको मृत्यु
रफाह । बिहीबार इजरायली सेनाले गाजा पट्टीको एक विद्यालयमा हमासलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले बताएअनुसार ज्यान गुमाउनेमा ५ जना बालबालिका रहेका छन् । हमलामा दर्जनौँ घाइते भएको बताइएको छ ।
बिहीबार बिहान नुसिरत क्षेत्रमा यो हमला गरिएको हो । यद्यपि यस आक्रमणबारे धेरै जानकारी दिइएको छैन । स्थानीय सञ्चारमाध्यमले उक्त हमलामा कम्तीमा ३९ जनाको मृत्यु भएको बताएका छन् । प्यालेस्टाइन समाचार एजेन्सीले उक्त हमलामा ३२ जनाको मृत्यु भएको भनिरहेको छ ।
प्यालेष्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघले चलाइरहेको संस्था (यूएनआरडब्ल्यूए)का अनुसार दिएर अल –बलाहस्थित अल अक्सा मार्टेयर अस्पतालबाट कम्तीमा ३० जनाको शव प्राप्त भएको बताइएको छ ।
गत वर्षदेखि जारी छ इजरायल र हमासको द्वन्द्व
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा छिरेर हमला गरेको थियो, जसमा करिब १ हजार १ सय ६० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश इजरायली नागरिक रहेका थिए । आक्रमणपछि हमासका आतङ्ककारीहरूले २५० भन्दा बढी इजरायली र विदेशीहरूलाई बन्धक बनाएर गाजामा लगेका थिए । यस द्वन्द्वका बिच हमासले केही बन्धकहरूलाई रिहा गरेको भए पनि ९९ जना बन्धकहरू अझै हमासको कैदमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण