शिक्षा विधेयक प्राथमिकतामा नपरेपछि शिक्षामन्त्रीले लेखिन् शिक्षा समितिलाई पत्र
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पत्र लेखेकी छन्। समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राखिदिन भन्दै मन्त्री श्रेष्ठले समितिलाई पत्र लेखेकी हुन्।
विधेयक नेपालको विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षासहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएको उनको भनाइ छ।
विधेयक अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीय तहसहितको तमाम सरोकारवालासँग सम्बन्धित रहेको उनको भनाइ छ। शिक्षा मन्त्रालयबाट दर्ता भई समितिमा छलफलमा रहेका विधेयकहरू मध्ये शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखी दिन अनुरोध गरेकी हुन्।
मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि शिक्षा मन्त्रालयले २०८०–०५२७ मा सङ्घीय संसद्को प्रतिनिधि सभामा विधेयक पेश गरेको थियो। प्रतिनिधिसभा बैठकले छलफलका लागि शिक्षा समितिमा पठाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण