रातोपाटी टी-२० विश्वकप विशेष
रिसाद र मुस्तफिजुरको कसिलो बलिङ, श्रीलंकाद्वारा १ सय २५ रनको लक्ष्य प्रस्तुत
शनिबार, २६ जेठ २०८१, ०७ : ५३

डालास । टी–२० विश्वकपमा समूह डी अन्तरगतको खेलमा श्रीलंकाले बंगलादेश सामु जितका लागि १ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको हो ।
श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे । होसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए । रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, तास्किन अहमदले २ विकेट लिए ।
यता, श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए । चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे ।
भेटरान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार