कविता
संसद् भवनमा एउटा आँसु
शनिबार, २६ जेठ २०८१, ११ : २९
धेरै वर्ष पछि बल्ल बल्ल
नवजवान
कर्मठ
जागरूक
जाने बुझेको
सहयोगी
कर्तव्यनिष्ठ
देश र जनताको लागि
असल कार्यहरू गरूँ भन्ने
एउटा सांसद
दुःख
पीडा
गरिबी
अशिक्षा
बेरोजगारी
भोक
र अनेक यातनाको
एउटा आँसु
बोकेर
पुगे
संसद् भवनमा
तर त्यो आँसु
सत्ता पक्ष र विपक्ष
दुवैले हातमा थाम्न नमान्दा
‘लिन्न लिन्न’ भन्ने
छिना झप्टीमा
भुइँमा झरी फुट्यो
अनि त्यो फुटी छरिएको आँसु
नवजवान सांसदले
बटुलूँ भन्दा
भुँइ मै सुक्यो
त्यसपछि सँभालिदिन नसके पछि
जनताका सपनाको
त्यो आँसु
साह्रै नै चित्त दुखाएर
निराश ती सांसद
उभिइरहे रोष्टममा
एक्लै
एक्लै
अनि अठोट गरे
फेरि अर्को चुनावमा
आफू जस्तै युवाहरूको
बहुमत ल्याउँछु
र
देश र सारा जनताको
मुहार हँसाउँछु भन्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण