ब्राउनसुगरसहित चार जना पक्राउ
काठमाडौं । मोरङ र बाँके जिल्लाबाट ब्राउनसुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय २७ मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-३ बस्ने २८ वर्षीय दल बहादुर आले मगर र लेटाङ नगरपालिका-१ बस्ने २० वर्षीय विशाल राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता बाँकेको कोहलपुर नगरपालिका-५ रझेनाबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २९ मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २३ वर्षीय सन्देश थारू र सोही नगरपालिका-२ बस्ने २५ वर्षीय राम चरण थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण