युगान्डाको नाममा बन्यो खराब कीर्तिमान
गुयाना । वेस्ट इन्डिजसँग हार बेहोर्ने क्रममा युगान्डाले एउटा खराब कीर्तिमान आफ्नो नाममा दर्ता गरेको छ । आइतबार बिहान भएको खेलमा युगान्डा वेस्ट इन्डिजसँग १ सय ३४ रनको विशाल अन्तरले पराजित भएको हो ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा टोली १२ ओभरमा मात्र ३९ रनमा अल–आउट बनेको हो । टोलीका लागि जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
योसँगै युगान्डाले आईसीसी पुरुष टी–२० विश्वकपमा सबैभन्दा कम स्कोरको रेकर्ड बराबरी गरेको छ । यसअघि नेदरल्याण्ड्सले सन् २०१४ मा श्रीलंकाविरुद्ध ३९ रन नै बनाएको थियो ।
यता, १ सय ३४ रनको जित रनको हिसाबले टी–२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजको सबैभन्दा ठुलो अन्तरको जित हो । यसअघि टोलीले पाकिस्तानलाई ८४ रनले हराएको थियो ।
खेलमा ५ विकेट लिएका अकिल होसेनले टी–२० मा वेस्ट इन्डिजका लागि दोस्रो उत्कृष्ट प्रदर्शन गरेका छन् । ४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चेर ५ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण