अमेरिकाबाट मगाएको वासिङ मेशिनमा २० किलो गाँजा, दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अमेरिकाबाट वासिङ मेशिनमा लुकाएर गाँजा मगाएको आरोपमा दुई जनालाई पक्राउ गरेर मुद्दा दायर गरिएको छ । सर्लाही घर भएर काठमाडौँ बस्ने ३९ वर्षीय सुखल राउत र उनकी पत्नी ३५ वर्षीया शान्ति तामाङविरुद्ध मुद्दा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।
बालुवाटारमा राउत दम्पतीले दुई वर्षअघि देखी सुशान्त इम्पेक्स प्रालि नामको कम्पनी सञ्चालन गर्दै आएका छन् । सो कम्पनीमार्फत उनीहरूले सामान विदेश पठाउने र मगाउने गर्छन् ।
४ चैत २०८० मा उनीहरूले अमेरिकाबाट मगाएको वासिङ मेशिनमा गाँजा फेला परेको थियो । विमानस्थल भन्सार कार्यालयको कार्गो कम्प्लेक्समा आएको मेशिन खोलेर हेर्दा गाँजा फेला परेपछि भन्सार कार्यालयको आग्रहमा लागु औषध नियन्त्रण ब्यूरोले त्यसबारे अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा वासिङ मेशिन मगाउने कम्पनी सुशान्त इम्पेक्सका सञ्चालकद्वय सुखल राउत र उनकी पत्नी पक्राउ परेका हुन् ।
उनीहरूले गत चैतमा नै चिनजान भएका विशाल जैसवालले आफ्नो कम्पनीमार्फत वासिङ मेशिन मगाएको बयान दिएका छन् । सरकारी वकिलले उनीहरू विरुद्ध लागु औषध मुद्दा दायर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण