निजी वनको दिगो व्यवस्थापन अति आवश्यक : उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति राम सहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावारको सहज आपूर्तिको व्यवस्था गर्न सके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले बढ्दो बसाइसराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘निजी वनको दिगो व्यवस्थापन अति आवश्यक छ । मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावारको सहज आपूर्तिको व्यवस्था गर्न सके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्दछ । बढ्दो बसाइसराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्दछ । यसर्थमा पारिवारिक वनको भूमिका झनै महत्त्वपूर्ण हुनसक्छ । वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतीहरूलाई अवसरका रूपमा परिणत गर्नका लागि सरोकारवाला बिचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण