आँपको गुणस्तर कायम गर्नका लागि कतिबेला टिप्ने ?
सोमबार, २८ जेठ २०८१, २२ : ३९
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आँपको गुणस्तर कायम गर्नका लागि मध्य बिहान र बेलुकीपख आँप टिप्न सुझाव दिएको छ ।
नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन अनुसार धेरै बिहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकीपख मात्र टिप्न सुझाव दिइएको हो ।
नेपाली बजारमा हालको समय स्वदेशी उत्पादन आउने समय हो । आँपको फल टिप्दा चोटपटक लागेर हुने नोक्सानी न्यूनीकरण गर्न पोल हार्वेस्टरको प्रयोग गर्न समेत सो बुलेटिनमा सुझाव छ ।
फल टिपेलगत्तै सफा पानीले भेट्नोबाट आएको चोप सफा गर्न नार्कले भनेको छ ।
यस्तै, बगैँचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरूबाट विभिन्न रोग तथा कीराहरू सर्ने सम्भावना हुने भएकोले झरेका दानाहरूलाई टिपेर नष्ट नार्कको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण