६ वर्षपछि बन्यो वडा कार्यालय भवन
सोमबार, २८ जेठ २०८१, १५ : १८
चितवन । शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विसं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो ।
रु एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको उक्त वडा कार्यालय भवनको आइतबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरे । भवन निर्माणको काम ६ वर्षअघि थाले पनि जग्गाको स्वामित्वबारे बिबाद हुँदा निर्माणमा ढिलाइ भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । जग्गा स्वामित्वको कानुनी प्रक्रिया हल गरी भवन निर्माण गरिएको उनको भनाइ छ ।
“भवन निर्माण गरेर कार्यालय सञ्चालनमा आएको छ’’, अध्यक्ष गुरुङले भने। उृद्घाटन कार्यक्रममा जग्गादाता र पूर्व वडाध्यक्ष भूपेन्द्र चेपाङलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण