६ वर्षपछि बन्यो वडा कार्यालय भवन
सोमबार, २८ जेठ २०८१, १५ : १८
चितवन । शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विसं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो ।
रु एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको उक्त वडा कार्यालय भवनको आइतबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरे । भवन निर्माणको काम ६ वर्षअघि थाले पनि जग्गाको स्वामित्वबारे बिबाद हुँदा निर्माणमा ढिलाइ भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । जग्गा स्वामित्वको कानुनी प्रक्रिया हल गरी भवन निर्माण गरिएको उनको भनाइ छ ।
“भवन निर्माण गरेर कार्यालय सञ्चालनमा आएको छ’’, अध्यक्ष गुरुङले भने। उृद्घाटन कार्यक्रममा जग्गादाता र पूर्व वडाध्यक्ष भूपेन्द्र चेपाङलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना आयोगमा २ महिनामा ६८ वटा मुद्दा दर्ता, ११० वटा फर्छ्यौट
-
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षीद्वारा संसद् अवरुद्ध
-
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित
-
भारतको छत्तीसगढमा बारुदी सुरुङमा परी वरिष्ठ प्रहरी अधिकारीको मृत्यु
-
मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु
-
सत्ता साझेदारको ‘घमन्ड’ले रोकियो सदस्यसचिव नियुक्ति, अर्बौँको सम्पत्तिमा लापरबाही