‘सभामुखलाई अलग्याएर सरकार बन्न सक्दैन’
काठमाडौँ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमानले सभामुखलाई अलग्याएर सरकार बन्न नसक्ने दाबी गरेका छन् । सोमबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यसबारे थप व्याख्या गर्नुपर्ने बताए ।
‘सभामुखलाई अलग्याएर बराबर मत पाउन सक्दैन । एकातिर सभामुखको मत गणना गर्ने अर्कोतिर अलग्याउँदा बराबर मत कसरी हुन्छ । सभामुख हेरेको हेरै गर्ने सरकार ढलेको ढले गर्ने हुन सक्दैन । यो कस्तो निर्णायक मत भयो ? जहाँ जहाँ जोर परेको छ त्यहाँ समस्या देखिएको छ । अन्यलाई पनि पर्छ । ख्याल गर्नुहोला’, उनले भने ।
चुनामले गण्डकी सरकारविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले संविधान बमोजिम व्याख्या गर्नेमा विश्वास व्यक्त गरे । यसअघि एमालेका संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारलाई अल्पमतको सरकारलाई सभामुख कृष्णप्रसाद धितालले मान्यता दिएको भन्दै मुख्यमन्त्री पाण्डेले अदालतमा मुद्दा दायर गरेका थिए ।
यस्तै उनले सङ्घीयताको कार्यान्वयन नभएकोमा असन्तुष्ट पोखे । सङ्घीयता कार्यान्वयन गर्ने विषयमा माओवादी प्रतिबद्ध रहेको भन्दै अन्य दलहरू पनि गम्भीर हुनुपर्नेमा जोड दिए । संविधान र सङ्घीयताको कार्यान्वयनलाई सबै दलहरूले प्रतिबद्धता जनाउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
-
अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण : राष्ट्रिय महत्त्वका सम्पदामा तीनै तहको सरकारले स्रोत ब्यहोर्ने
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण