लक्ष्मी सन्राइज बैंकले मनायो विश्व वातावरण दिवस २०२४
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको "Our Land, Our Future. We are #GenerationRestoration" भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो ।
जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब ६,००० रूखहरू रॊपेकॊ छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।
प्रोजेक्ट 5K सँगै लक्ष्मी सन्राइज बैंकले सोही दिवसमा आफ्नो एभाॊडेड इमिसन रिपोर्ट (Avoided Emission Report) पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा ( विशेषगरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ तऋइद्दभ कार्बन उत्सर्जन हुनबाट जोगाएको छ।
यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल (PCAF) रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सन्राइज बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप ( (Partnership for Carbon Accounting Financials (PCAF) मा संलग्न रहेको छ।
यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्राइज बैंकले आफ्नो #Green र #Responsible मूल्यहरु आत्मसात गर्दै "Orange Loves Green" नारालाई मूर्तरूप दिएको छ। वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरु मध्य एक रहेको प्रोजेक्ट 5K ले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण