अवरोध हुन सक्छ भनेर एक हप्ता अघि नै क्यानडा पुगेका थिए सन्दीप : अध्यक्ष चन्द
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछाने वेस्ट इन्डिज आउन नेपालमा अवरोध हुन सक्छ भनेर एक हप्ताअघि नै सुटुक्क क्यानडा पुगेको जानकारी दिएका छन् । नेपाल ट्युब अस्ट्रेलियासँग कुराकानी गर्दै चन्दले सन्दीप क्यानडामा नै बसेर एक हप्तादेखि अभ्यास गरिरहेको पनि जानकारी दिएका हुन् ।
उनले भने, ‘सन्दीप अफिसियल्ली हिजोमात्र वेस्ट इन्डिज पुगेका हुन् । तर, एक हप्ता अघि नै उनी नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । क्यानडाको टोरन्टोबाट वेस्ट इन्डिजमा हप्ताको एक दिनमात्र फ्लाइट रहेछ । फेरि क्यानले चार्टर्ड फ्याइट गर्ने अवस्था थिएन ।’
उनले भने, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षक पुबुदु दासनायकेले पनि भित्री रूपमा सहयोग गर्नुभयो ।’
उनले अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन कुनै कसर बाँकी नराख्ने भनेर क्यानले प्रयास गरेको खुलाए । यसका लागि पारस खड्का र विनोद दासलाई जिम्मा दिइएको उनको भनाई छ । ‘विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्याएका हौँ । यसमा हामी सफल भएका छौँ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण