मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृतको नक्कली प्रमाणपत्र, अख्तियारले चलायो मुद्दा
मङ्गलबार, २९ जेठ २०८१, १७ : ३६
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृतको नक्कली प्रमाणपत्र भएको पाइएको छ ।
शाखा अधिकृत लक्ष्मण शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको छानबिनबाट पुष्टि भएको अख्तियारको भनाइ छ ।
राष्ट्रसेवकको ओहदा तथा लाभ प्राप्त गर्ने उद्देश्यले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृतमा बहाल रही भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण