गाजामा युद्धविराम प्रस्तावलाई यूएनको मन्जुरी
तेल अभिभ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले गाजामा इजरायल र हमासबीच आठ महिनादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले पेस गरिएको प्रस्तावलाई मन्जुरी दिएको छ । सोमबार यस सम्बन्धी पहिलो प्रस्ताव यूएनले पारित गरेको हो । अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकेनले यो योजनालाई दुनियाँको समर्थन रहेको बताएका छन् । हमासमाथि सो प्रस्ताव स्वीकार गर्नैपर्ने दबाब रहेको पनि उनले बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पनि प्रस्तावमा प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । उनीमाथि पनि गाजामा युद्धविरामपछिको योजनाहरू लागू गर्ने दबाब भएको बताइएको छ । हमासले अक्टोबर ७ मा आक्रमण गरेयता ब्लिंकेनले आठ पटक इजरायल भ्रमण गरिसकेका छन् । संयुक्त राष्ट्र संघमा हमासको एक भोटबाहेक सबैको भोट अमेरिकी प्रस्तावको पक्षमा खसेको उनले बताएका छन् ।
उनी जोर्डनको साथै कतारको भ्रमणमा पनि छन् । कतारले इजिप्टसँग मिलेर हमासको साथमा प्रमुख मध्यस्थकर्ताको काम गरेको थियो । गएको महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामको प्रस्ताव घोषणा गरेका थिए । यसमा तीन चरणको योजना छ । गाजामा तुरुन्तै युद्ध विराम, सबै बन्धकको रिहाइ र पूरै गाजामा मानवीय सहायता वितरणमा वृद्धिमा प्रस्ताव सूत्रधार बन्नेछ ।
ब्लिंकेनले कायरोमा इजिप्टका राष्ट्रपति आब्देल फतेह अल–सिसीसँग भेटवार्ता गरेपछि नेतान्याहु र इजरायली रक्षामन्त्री योआव ग्यालेन्टलाई पनि भेटेका थिए । हमासले यो सम्झौता स्वीकार गर्नै पर्ने अमेरिकाले बताइरहेको छ । हमासले भने यो सम्झौता लागू गर्न इजरायलसँग सिधै छलफल नगरी मध्यस्थकर्तामार्फत अगाडि बढ्न तयार रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण