पुलमा फसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिइयोस् : सांसद राना
बुधबार, ३० जेठ २०८१, १२ : ०८
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुडिँदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् ।
पुलको लट्ठा चुडिँदाको दृश्यले सबैको मन रोएको भन्दै उनले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्न आग्रह गरिन् ।
जेठ २७ गते पुलको लट्ठा चुडिँदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुइटाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण