सूर्यकुमार र अर्शदीप चम्किँदा भारतको विजयी यात्रा जारी
न्युयोर्क । टी–२० विश्वकपमा भारतले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राति भएको समूह एक अन्तरगतको खेलमा अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।
अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । भारतको जितमा सूर्यकुमार यादव र अर्शदीप सिंह नायक बने ।
खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । विराट कोहली गोल्डन डक भए भने कप्तान रोहित शर्मा ३ रन बनाएर पभिलियन फर्किए ।

त्यसपछि ऋषभ पन्त र सूर्यकुमार यादव मिलेर भारतको इनिङ्स सम्हाले । पन्त २० बलमा १८ रन बनाउँदै आउट भए ।

त्यसपछि यादव र शिवम दुवे मिलेर भारतलाई जितसम्म पुर्याए । यादवले ४९ बलमा ५० रन बनाए भने दुवेले ३५ बलमा ३१ रन जोडे ।
प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । टोलीका लागि नितिश कुमारले सर्वाधिक २७ रन जोडे । उनले २३ बलमा २ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, स्टिभन टेलरले ३० बलमा २४ रनको योगदान दिए । उनले २ छक्का प्रहार गरे । कोरी एन्डरसनले १२ बलमा १५ रन तथा एरोन जोन्स र साड्ले भान स्काल्कवाकले ११–११ रन बनाए ।
भारतका लागि अर्शदीप सिंहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण