बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

सूर्यकुमार र अर्शदीप चम्किँदा भारतको विजयी यात्रा जारी

बुधबार, ३० जेठ २०८१, २३ : ४२
बुधबार, ३० जेठ २०८१

न्युयोर्क । टी–२० विश्वकपमा भारतले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राति भएको समूह एक अन्तरगतको खेलमा अमेरिकालाई ७ विकेटले पराजित गरेको हो ।

अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । भारतको जितमा सूर्यकुमार यादव र अर्शदीप सिंह नायक बने ।

खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । विराट कोहली गोल्डन डक भए भने कप्तान रोहित शर्मा ३ रन बनाएर पभिलियन फर्किए ।

382697

त्यसपछि ऋषभ पन्त र सूर्यकुमार यादव मिलेर भारतको इनिङ्स सम्हाले । पन्त २० बलमा १८ रन बनाउँदै आउट भए । 

rishab pant

त्यसपछि यादव र शिवम दुवे मिलेर भारतलाई जितसम्म पुर्‍याए । यादवले ४९ बलमा ५० रन बनाए भने दुवेले ३५ बलमा ३१ रन जोडे ।

प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो । ३ खेलबाट ६ अङ्क बटुल्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । अमेरिका ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । टोलीका लागि नितिश कुमारले सर्वाधिक २७ रन जोडे । उनले २३ बलमा २ चौका र १ छक्का हिर्काए । 

382683

त्यस्तै, स्टिभन टेलरले ३० बलमा २४ रनको योगदान दिए । उनले २ छक्का प्रहार गरे । कोरी एन्डरसनले १२ बलमा १५ रन तथा एरोन जोन्स र साड्ले भान स्काल्कवाकले ११–११ रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप