बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बुटवल बेलबास सडक : फेरि म्याद थप्न ठेकेदारको निवेदन

बिहीबार, ३१ जेठ २०८१, १० : ४८
बिहीबार, ३१ जेठ २०८१

बुटवल । बुटवलको बेलबासदेखि बेथरीहुँदै लुम्बिनी जाने २१ किलोमिटर सडक विस्तार गर्ने कार्य २०७३ सालदेखि सुरु भए पनि अझै सम्पन्न भएको छैन । २०७६ असार मसान्तसम्म सम्पन्न गर्ने गरी तिन प्याकेजमा लगाएको ठेक्का मध्ये बुटवल–बेतानी साढे ८किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो।उक्त कम्पनी विभिन्न बहाना देखाउँदै छैटौँ पटक म्याद थपको लागि निवेदन दिएको छ । 

चारलेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको हो।दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर,उत्तरतर्फको सडक खण्डमा साँढे ८ किलोमिटरमध्येको सडक अझै सम्म सम्पन्न नुहँदा समस्या भएको हो । 

दक्षिणतर्फको एउटा साढे ८ किलोमिटर र अर्को ४ किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले पाएको थियो । उसले भने अघिल्लो वर्ष काम सम्पन्न गरेको छ।तर बज्रगुरुले पटक पटक विभिन्न बाहान देखाउँदै म्याद थप गर्ने तर काम नगर्ने देखिएको छ ।

बज्रगुरु कान्छाराम जेभीले ६० करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको उक्त प्याकेजको साँढे ३ किलोमिटर  कालोपत्रे हुन सकेको छैन । कालोपत्रे गर्न पटक–पटक पत्राचार गरेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर कृष्ण पण्डितले रातोपाटीलाई बताए ।

उनले अहिले ठेकेदारले २०८१ चैत सम्मको लागि म्याद थपको लागि फेरी निवेदन भए पनि अझै सम्म निर्णय नभएको बताए ।

22

उक्त सडक कोनहरपुरदेखि राजी गन्ज,मोतीपुर देखी शान्तlचोक,यस्तै  कल्भर्ट  निर्माण भएको ८ ठाउँमा काम अलपत्र हुँदा बुटवलमाबाट लुम्बिनी जाने यात्रुहरूले कष्ट व्योहनु परेको छ । अझै बुटवलको नहरपुर र रानीगन्ज क्षेत्रमा बासिन्दा पानी पर्दा हिलो र सुख्यायाममा धुलोले सास्ती व्योहोनु परेको छ।बिचमा खाल्टाखुल्टीमा उस्तै हैरान भएपछि स्थानीयहरूले सर्घष समिति नै बनाएर बेला बेलामा विरोध गर्ने गरेका छन्। 

स्थानीयहरूले सडक निर्माण छिटो गर्नको लागि हालै सडक कार्यालय,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी,यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई  नहरपुर रानी गन्ज क्षेत्रको सडक छिटो सम्पन्न गर्नको लागि माग गर्दे ज्ञापन पत्र बुझाएको स्थानीय गणेश ढकालले रातोपाटीलाई बताए। 

कहिले सम्झौता ?

सडक विभागले २०७३ सालमा २१ किलो मिटर सडक ठेक्का २०७६ सम्म सक्ने गरी सम्झौता गरे पनि अन्य प्याकेज सकिएका छन् । तर बज्रगुरुले साढे८ किलोमिटरको प्याकेजका २०७६ असार मसान्त सम्म सक्नुपर्ने  थियो । तर ५ पटक म्याद थप्दै अझै फेरी २०८१ चैत सम्मको लागि म्याद थपको लागि निवेदन दिएको छ । 

निर्माण कम्पनीले कहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कहिले आर्थिक समस्या देखाएर काम टार्दै आएको सडक पूर्वदार कार्यालय रुपन्देहीका इन्जिनियरकृष्ण पण्डितले बताए। 

33

उनका अनुसार यो सडक  ठेकेदारले ३५ करोड रुपियाँ बुझिसकेको छ । अर्को तिर सडक निर्माण ढिलाइ हुनुमा सडक विभाग, त्यसपछि प्रदेश,कपिलवस्तु हुँदै रुपन्देहीको सडक पूर्वाधार कार्यालयमा आएको छ । जसले गर्दा इन्जीनियरहरु बुझुन् पनि समय लाग्ने गरेको छ । स्थानीय सङ्घर्ष समितिका संयोजक विजय ढकालले सडक समयमा पूरा नहुँदा दुर्घटनामा परेर ४ जनाको मृत्यु गएकाले तत्काल सडक पूरा गराउन माग आफूहरूले गर्दे विभिन्न ज्ञापन बुझाए बताए । उनले आफूहरूले केही दिन सडक निर्माण नभएका सवारी रोकेर आन्दोलनको तयारीमा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप