प्रदीप पौडेल र बालेनबिच भेटवार्ता, के विषयमा भयो छलफल ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।
भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुई नेताबिच छलफल भएको बताइएको छ।
बुधवार प्रतिनिधिसभामा पौडेलले लगेको सङ्कल्प प्रस्तावमा पनि चीन र नेपालबिच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलङ्की धोवीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ ।
भेटमा पौडेल र बालेनबिच काठमाडौँ महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताहरूका बारेमा पनि छलफल भएको थियो ।
टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि सचिवालयले जनाएको छ ।
त्यस्तै काठमाडौँ महानगरपालिका र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि दुई नेताबिच छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण