प्रभाव पार्न सक्ने खेलाडी : रहमानुल्लाह गुरबाज (अफगानिस्तान)
आईसीसी टी–२० विश्वकप यात्रमा होमिएको अफगानिस्तानको टोलीका उपकप्तान हुन्, रमानुल्लाह गुरबाज । उनी टोलीका अनुभवी खेलाडीमध्ये एक हुन् ।
२२ वर्षीय रहमानुल्लाह गुरबाजले अफगानिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।
रहमानुल्लाह गुरबाजले अफगानिस्तानका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन हजारभन्दा बढी रन बनाइसकेका छन् । उनले देशका लागि एक टेस्ट खेल्दै ५१ रन बनाएका छन् ।
यसैगरी उनले अफगानिस्तानका लागि ४० वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । यो ढाँचाको क्रिकेटमा उनले कुल एक हजार चार सय ६७ रन बनाएका छन् । उनले ६ शतक र पाँच अर्धशतक प्रहार गरेका छन् ।
उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने ५७ खेल खेल्दै कुल एक हजार पाँच सय ३२ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले एक शतक र नौवटा अर्धशतक पनि बनाएका छन् ।
यसका अतिरिक्त उनी टोलीका प्रभावशाली फिल्डर पनि हुन् । उनले टेस्ट क्रिकेटमा दुई, एकदिवसीय अन्तर्राष्ट्रियमा २२ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३२ वटा क्याच पनि लिएका छन् ।
रहमानुल्लाह गुरबाज एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने विश्वकै नवौँ सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्दा उनी केवल १९ वर्ष ५४ दिनका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण