चिनियाँ राजदूतसँग चक्रपथ निर्माणबारे छलफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार चिनियाँ दूतावासमा यी दुईबिच भेट भएको हो ।
बुधबार प्रदीप पौडेलले प्रतिनिधिसभामा चक्रपथको कलङ्की–धोवीखोला खण्ड निर्माणमा नेपाल र चीनबिच भएको सम्झौता कार्यान्वयन नहुने हो भने नेपाल आफैँले यो खण्ड निर्माण समयमा नै गर्नुपर्ने सङ्कल्प प्रस्ताव दर्ता गराएका थिए ।
पौडेलले चक्रपथको यो खण्ड लथालिङ्ग छोड्दा काठमाडौँको प्रदूषण बढ्नु मात्र होइन, यस क्षेत्रमा बसोबास गर्ने वा यात्रा गर्ने मानिसको स्वास्थ्यमा समस्या हुन थालेको, दैनिक यात्रा कष्टकर हुन थालेको भन्दै यो प्रस्ताव प्रतिनिधिसभामा लगेका थिए ।
राजदूत छनसँग बिहीबार भएको भेटमा पौडेल र छनबिच यही विषयमा कुराकानी भएको थियो । चक्रपथ विस्तार परियोजनाको दोस्रो खण्ड विकासका लागि सन् २०१८ मा नेपाल र चीनबिच सम्झौता भए पनि यस क्षेत्रमा काम हुन सकेको छैन ।
‘नेपाल पक्षले सम्झौताअनुसार सर्त पूरा गरेर हामीलाई जानकारी गराउन साथ हामी यो काम अगाडि बढाउँछौ,’ भेटमा चिनियाँ राजदूत छनले पौडेललाई बताए । ‘चीनले दोस्रो खण्डसँग जोडेर तेस्रो खण्ड पनि यथाशक्य छिटो नेपाल सरकारसँग सम्झौता भएअनुसार चक्रपथको दोस्रो र तेस्रो खण्ड विस्तार गरोस्, यसमा ढिलाइ हुँदा जनस्वास्थ्यदेखि दैनिक जीवनमा निकै अप्ठ्यारो भएको छ,’ पौडेलले भेटमा राजदूतसँग भनेको उनको सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार नै पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच चक्रपथ विस्तारको यही परियोजना, काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्षको कार्यक्रम, नीति तथा परियोजना र बजेट, काठमाडौँ महानगरमा पर्ने काठमाडौँ क्षेत्र नम्बर ५ का विभिन्न समस्याको समाधान तथा विविध विषयका व्यवस्थापनबारे छलफल गर्न भेट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण