३.१ ओभरमा लक्ष्य पछ्याउँदै इंग्ल्याण्डको आशा जीवितै
काठमाडौँ । ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इंग्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गर्यो ।
४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । कप्तान जोस बट्लरले नटआउट रहेर ८ बलमा २४ रन बनाए । उनले यस क्रममा ४ चौका र एक छक्का प्रहार गरे ।
ओपनर फिल साल्टले ३ बलमा १२ रन जोडे । उनले सुरुवाती दुई बललाई नै छक्का प्रहार गरेका थिए । जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेको ओमानले १३.२ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनाउन सक्यो । सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
टोलीका लागि आदिल रसिद ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । जोफ्रा आर्चर र मार्क वुडले ३–३ विकेट लिए । दुवैले १२–१२ रन मात्र खर्चिए ।
समूह सीमा इंग्ल्याण्डको यो पहिलो जित हो । टोली ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । तर, आजको जितले टोलीको नेट रन रेट ३.०८१ पुगेको छ ।
ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको टोली हालसम्म अङ्कविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण