३.१ ओभरमा लक्ष्य पछ्याउँदै इंग्ल्याण्डको आशा जीवितै
काठमाडौँ । ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इंग्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गर्यो ।
४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । कप्तान जोस बट्लरले नटआउट रहेर ८ बलमा २४ रन बनाए । उनले यस क्रममा ४ चौका र एक छक्का प्रहार गरे ।
ओपनर फिल साल्टले ३ बलमा १२ रन जोडे । उनले सुरुवाती दुई बललाई नै छक्का प्रहार गरेका थिए । जोनी बेयर्स्टो ८ रनमा नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेको ओमानले १३.२ ओभरमा अलआउट हुँदै मात्र ४७ रन बनाउन सक्यो । सोएब खानले २३ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
टोलीका लागि आदिल रसिद ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । जोफ्रा आर्चर र मार्क वुडले ३–३ विकेट लिए । दुवैले १२–१२ रन मात्र खर्चिए ।
समूह सीमा इंग्ल्याण्डको यो पहिलो जित हो । टोली ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । तर, आजको जितले टोलीको नेट रन रेट ३.०८१ पुगेको छ ।
ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको टोली हालसम्म अङ्कविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव