अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन मङ्सिर अन्तिम साता
शुक्रबार, ३२ जेठ २०८१, ०७ : ३६
काठमाडौँ । नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आउँदो मङ्सिर अन्तिम साता राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
बिहीबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको केन्द्रीय पदाधिकारी बैठकले २३ औँ राष्ट्रिय सम्मेलन मङ्सिर २५, २६ र २७ गते गर्ने निर्णय गरेको हो । साथै आगामी भदौ २५ मा विधान सम्मेलन गर्ने निर्णय गरिएको फ्याक्सन इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।
सङ्गठनको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रज्ञा भवनमा बस्ने बैठकमा सदस्यको उमेर हदबन्दीबारे बहस हुनेछ । साथै केन्द्रीय समिति १९९ सदस्यीय बनाउनुपर्ने प्रस्तावमाथि पनि केन्द्रीय कमिटीमा छलफल हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण