आज फेरि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार थप ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको बैंकले लगत्तै दुई दिनमा ६५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । निक्षेपको तुलनामा बैंकहरुले कर्जा लगानी गर्न नसक्दा तरलता थुप्रिएको छ । गत जेठ २४ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कूल ६२ खर्ब ३१अर्ब निक्षेप संकलन गर्दै यता ५१ खर्ब ३३अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ८०.२० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९५प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२१ प्रतिशतमा खुम्चिएको छ ।
जसले गर्दा पनि राष्ट्र बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन पत्र खरिद गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण