अमेरिकाबाट फर्किए विपिन कार्की
काठमाडौँ । अभिनेता विपिन कार्की अमेरिकाबाट नेपाल फर्किएका छन् । शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिषा’ को अमेरिका छायांकन सकाएर उनी शुक्रबार नेपाल फर्किएका हुन् ।
निर्देशक घिमिरेले विपिन नेपाल फर्किएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । ‘तेल भिसा’को ७० प्रतिशत छायांकन पहिलो चरणमा अमेरिकामा गरिएको हो । अब बाँकी छायांकन नेपालको चितवनमा हुनेछ । चितवनमा सेट बनाएर फिल्मको छायांकन गर्न लागेको हो ।
फिल्ममा अभिनेता विपिन कार्कीको दोहोरो भूमिका छ । फिल्ममा विपिनको अलावा वर्षा राउत, बुद्धि तामाङ र ऋचा घिमिरेको पनि मुख्य भूमिका रहेको छ । अभिनेत्री ऋचाले लामो समयपछि यसै फिल्म मार्फत अभिनय कमब्याक गर्न लागेकी हुन् । फिल्ममा अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारको समेत अभिनय छ ।
वेलडन क्रियसन र सेभेन सिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाईंको लगानी छ । अभिनेत्री ऋचा घिमिरे कार्यकारी निर्माता रहेको फिल्मको छायांकार सुशन प्रजापतिले हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण