अमेरिकाबाट फर्किए विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्की अमेरिकाबाट नेपाल फर्किएका छन् । शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिषा’ को अमेरिका छायांकन सकाएर उनी शुक्रबार नेपाल फर्किएका हुन् ।
निर्देशक घिमिरेले विपिन नेपाल फर्किएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । ‘तेल भिसा’को ७० प्रतिशत छायांकन पहिलो चरणमा अमेरिकामा गरिएको हो । अब बाँकी छायांकन नेपालको चितवनमा हुनेछ । चितवनमा सेट बनाएर फिल्मको छायांकन गर्न लागेको हो ।
फिल्ममा अभिनेता विपिन कार्कीको दोहोरो भूमिका छ । फिल्ममा विपिनको अलावा वर्षा राउत, बुद्धि तामाङ र ऋचा घिमिरेको पनि मुख्य भूमिका रहेको छ । अभिनेत्री ऋचाले लामो समयपछि यसै फिल्म मार्फत अभिनय कमब्याक गर्न लागेकी हुन् । फिल्ममा अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारको समेत अभिनय छ ।
वेलडन क्रियसन र सेभेन सिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाईंको लगानी छ । अभिनेत्री ऋचा घिमिरे कार्यकारी निर्माता रहेको फिल्मको छायांकार सुशन प्रजापतिले हुन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख खापुङ्ग
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल