सशस्त्र प्रहरी बल धनुषाद्वारा मनसुन पूर्वतयारी योजना प्रस्तुत
धनुषा । सशस्त्र प्रहरी बल धनुषाले मनसुन पूर्वतयारी योजनाबारे सरोकारवालालाई जानकारी गराएको छ ।
शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा बसेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्रको समन्वय बैठकमा सशस्त्र प्रहरी बल नं ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले सशस्त्र आफ्नो प्रस्तुतिकरण दिएका थिए ।
बैठकमा प्रहरी बल धनुषाको विपद ब्यवस्थापन तयारी अन्तर्गत उनले तयारी, विपद, प्रतिकृया, पुनःस्थापना, रोकथाम, जोखिमयुक्त स्थानहरुको पहिचान, विश्लेषण, प्रतिकार्य योजनालगायतका बिषयहरुमा आफ्नो प्रस्तुतीकरण प्रस्तुत गरेका हुन् ।
उक्त बैठकले जिल्ला विपद व्यवस्थापन समितिवाट पेश भएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ स्वीकृत गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जसअनुसार बाढी तथा डुवान हुन सक्ने सम्भावित स्थानको पहिचान गरिएको छ भने बाढीबाट प्रभावित हुन सक्ने स्थानका जोखिमयुक्त वस्ती, टोल, गाउँहरुको सम्बन्धित स्थानीय तहहरुले पहिचान गरी सोही अनुसार पूर्वतयारी गरी विपद् प्रभावित व्यक्तिहरुलाई राहत, पुर्नस्थापना, उपचार लगायतका व्यवस्थापन गर्ने निर्णय भएको छ ।
यस्तै सुरक्षा निकायहरुसँग रहेको जनशक्ति र सामाग्रीहरुलाई तयारी हालतमा राख्ने, मनसुन वर्षाबाट डुवान हुने स्थानहरुमा खाल्डा खुल्डी, पुल, पुलेसा मर्मत गर्ने निर्णय भएको छ ।
यस्तै स्थानीय विपद व्यवस्थापन समिति गठन नभएका पालिकाहरुमा तत्कालै अनिवार्य रुपमा विपद् व्यवस्थापन समिति गठन गर्ने र राहत र पुर्नस्थापनाको आवश्यक व्यवस्था मिलाउने, कमला नदी लगायत अन्य नदिहरुको कटान लगायतका निर्णय बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण