लोक सेवालाई समयसापेक्ष बनाउन उपराष्ट्रपतिको सुझाव
काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् ।
शनिबार लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैँ आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्छ । सो जिम्मेवारी सहितको काममा आयोग सफल भएको पनि छ ।’
आयोग योग्यताका सबै तत्त्वहरू पूर्वानुमान हुने गरि आफ्नो परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै अघि बढ्नुपर्छ । यसले उत्कृष्ट कर्मचारीको छनोटमा टेवा पुग्छ । मुलुकमा सुशासन कायम गर्ने मूल मर्मसहितको मार्गमा विचलित हुनुहुँदैन ।’
आयोगले कर्मचारी भर्ना प्रक्रियालाई वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरूको सामना गर्नेगरि समयानुकूल बनाउनुपर्ने साहले बताए ।
उनले अघि भने, ‘आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान परिवेशले सिर्जित समस्या र चुनौतीहरूको सामना गर्न सक्ने सबै खालको परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सक्ने दक्ष, सक्षम र उत्कृष्ट जनशक्ति सरकारी सेवामा प्रवेश गराउनु आजको आवश्यकता छ । आयोगले संघीयता अनुरूप समावेशी समूह तर्फ उम्मेदवार छनोट प्रक्रियालाई समयसापेक्ष परिष्कृत गर्दै यी समूहबाट थप उम्मेदवार सफल हुन सक्ने गरि कार्यसम्पादन गर्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण