तिब्बतको सीमा छेउ डोल्पामा हिमाली रङ्गशाला बनाउँछौँ : मन्त्री बुढा
काठमाडौँ । नेपालको सबैभन्दा उच्च ठाउँमा खेलकुदका लागि रङ्गशाला बनाउन लागिएको सहरी विकास मन्त्री धनबहादुर बुढाले बताएका छन् ।
डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको फालमा हिमाली रङ्गशाला निर्माण गरिने र त्यसका लागि सहरी विकास मन्त्रालयबाट ६० लाख बजेट विनियोजन गरेको उनले बताए ।
झन्डै ३८ सय देखि ४ हजार मिटर उचाइमा रङ्गशाला बनाउन लागिएको उनले बताए । डोल्पोबुद्ध गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका लागि हिमाली रङ्गशाला बनाइन लागिएको उनको भनाई छ ।
उनले भने–‘डोल्पाका ३ वटा गाउँपालिकाकालाई हुने गरेर हिमाली रङ्गशाला बनाउन लागेका हौँ । त्यसका लागि ६० लाख रुपैयाँ सहरी विकास मन्त्रालयले छुट्याएको छ । रङ्गशाला बन्ने स्थान ठ्याक्कै तिब्बतको सिमानामा पर्छ ।’
यस्तै डोल्पा सदरमुकाम दुनैमा बृहत् भेला, बैठक सम्मेलन तथा कार्यक्रम सञ्चालन गर्नको लागि जिल्ला समन्वयको परिसरमा एउटा ठुलो सभाहल निर्माण गरिने बताए । सहरी विकास मन्त्रालयले यसका लागि १ करोड ५३ लाख रकम विनियोजन गरेको जानकारी दिए । दुनैमा व्यवस्थित र आकर्षक बसपार्क निर्माणका लागि १ करोड छुट्याएको बताए ।
यस्तै डोल्पा जिल्लाको पत्रकार महासंघको भवन अहिलेसम्म नभएकोले भवन निर्माणका लागि २५ लाख रुपैयाँ रकम छुट्याएको बताए । ठुलीभेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी सो बजेट विनियोजन गरिएको हो । सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका बुढाले आफ्नो निर्वाचन क्षेत्रका लागि उल्लेख्य मात्रामा बजेट राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण