प्रभाव पार्न सक्ने खेलाडी : रिसाद होसैन (बंगलादेश)

काठमाडौँ । रिसाद होसैन बंगलादेशी टोलीका प्रभावशाली लेग–स्पिनर हुन् । २२औँ वर्ष प्रवेशको संघारमा रहेका यी प्रभावशाली स्पिनरले बंगलादेशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुई ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।
नवौँ विश्वकपमा पनि रिसाद होसैनको प्रदर्शन उत्कृष्ट देखिएको छ । जारी विश्वकपमा हालसम्म तीन खेल खेलेका उनले सात विकेट लिइसकेका छन् । उनले श्रीलंकाविरुद्धको खेलमा तीन विकेट लिएका थिए । त्यो खेलमा उनले चार ओभरमा २२ रन खर्चिएका थिए ।
यसैगरी उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि एक विकेट हात पारेका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि उनले तीन विकेट लिएका थिए । त्यो खेलमा उनले चार ओभरमा ३३ रन खर्चिएका थिए । उनले हालसम्म बंगलादेशका लागि तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले केवल एक विकेट लिएका छन् । उनले २० वटा टी–२० अन्तर्राष्ट्रिय खेलको १९ पालीमा २२ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २२ रन खर्चिएर तीन विकेट हो ।
रिसाद होसैन टोलीलाई आवश्यक पर्दा गतिलो ब्याटिङ पनि गर्न सक्छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको दुई पालीमा उनले कुल ५४ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन अविजित ४८ रन हो ।
यसैगरी उनले २० वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको नौ पालीमा कुल ८९ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ५३ रन हो । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा दुई र टी–२० अन्तर्राष्ट्रियमा सातवटा क्याच पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ
-
प्रमुख तीन दलको बैठक स्थगित
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल