शंकर नेशनल स्कुलको प्रि–स्कुल दीक्षान्त समारोह सम्पन्न
नयाँ ठिमी । भक्तपुरको सूर्यबिनायक नगरपालिकास्थित शंकर नेशनल इङ्गलिस सेकेन्डरी स्कुलले प्रि–स्कुल दीक्षान्त समारोह सम्पन्न गरेको छ । शनिबार सो स्कुलले प्रि स्कुल दीक्षान्त समारोह सम्पन्न गरेको हो । दीक्षान्त समारोहमा प्रि कक्षामा अध्ययन गर्नै ८० जना विद्यार्थीहरूलाई दीक्षित गरिएको स्कुलका प्रिन्सिपल शरण चौलागाईले जानकारी दिए ।

दीक्षित विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रोमन शिलाकार, कार्यक्रमका सभापति सुरज श्रेष्ठ, कार्यक्रमका अतिथि आर्टशाला नेपालका संस्थापक अध्यक्ष सुन्दर विष्ट, गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् जुरिच मन्टेश्वरीका सञ्चालक अमृत रावत लगायतले टोपी र सर्टिफिकेट प्रदान गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिलाकारले स्कुलले नियमित रूपमा यस्ता कार्यक्रम गर्दै आएको र कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन नेतृत्व लिने प्रिन्सिपल शरण चौलागाईलाई विशेष धन्यवाद दिए । विद्यालयले चौलागाईजस्तो सक्षम नेतृत्व पाएकोमा आफू सन्तुष्ट रहेको समेत उनले बताए । त्यस्तै विद्यालयका प्रिन्सिपल चौलागाईले दीक्षान्त समारोह र सो कार्यक्रमको औचित्यबारे प्रष्ट पारेका थिए ।

दीक्षान्त समारोहमा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्किने किसिमका कार्यक्रमहरू प्रस्तुत गरेका थिए भने शिक्षिकाहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक लगायत अन्य व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण