सलमान खानको घरमा गोली चलेको मामिलामा नयाँ मुद्दा दर्ता
आइतबार, ०२ असार २०८१, १६ : १९
नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खानको घरमा भएको गोलीकाण्डबारे नयाँ अपडेट बाहिरिएको छ । मुम्बई प्रहरीले यस विषयमा नयाँ मुद्दा दर्ता गरेको छ ।
आपराधिक धम्कीको आरोपमा प्रहरीले राजस्थानबाट एक जनालाई पक्राउ गरेको छ । अपराध शाखाका अधिकारीका अनुसार अभियुक्तको पहिचान राजस्थानको बुन्दी निवासी बनवारीलाल लातुरलाल गुजर रहेको बताइएको छ । आरोपीले सलमानलाई मार्न लागेको भन्दै भिडियो सार्वजनिक गरेका थिए ।
सलमानलाई मार्ने धम्की
२७ वर्षीय बनवारीलाल लातुरलाल गुजरले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो अपलोड गरेका थिए । भिडियोमा उनले भनेका थिए, ‘लरेन्स बिश्नोई, गोल्डी ब्रार र अन्य गिरोहका सदस्यहरू मेरो साथमा छन् । म सलमान खानलाई मार्न गइरहेको छु किनकि उनले अहिलेसम्म माफी मागेका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण