बेजोस फेरि बने विश्वकै सर्वाधिक धनी व्यक्ति

वाशिङटन डीसी । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कमका हाकिम जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
गएको २४ घण्टामा उनको सम्पत्ति २० करोड ९० लाख डलरले घटेको भए पनि उनी शीर्ष स्थानमा उक्लिएका छन् । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई उछिनेर बेजोस शीर्ष स्थानमा उक्लिएका हुन् ।
सूचीको दोस्रो स्थानमा रहेका मस्कको नेटवर्थ २ खर्ब ३ अर्ब डलर रहेको छ । गएको २४ घण्टामा उनको नेटवर्थ ३ अर्ब १९ करोड डलरले घटेको छ । १ खर्ब ९८ अर्ब डलरसहित फ्रान्सेली लक्जरी टाइकुन बर्नर्ड आर्नो तेस्रो स्थानमा छन् ।
सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्ग सूचीको चौथो स्थानमा छन् । उनको नेटवर्थ १ खर्ब ७९ अर्ब डलर छ ।
शीर्ष पाँचमा रहेका अर्बपतिहरूमध्ये पाँचौं स्थानमा रहेका ल्यारी पेजको मात्रै नेटवर्थ गएको २४ घण्टाको कारोबारमा बढेको छ । पेजको नेटवर्थ सो अवधिमा १ अर्ब २२ करोड डलरले बढेर १ खर्ब ५७ अर्ब डलरमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो