बेजोस फेरि बने विश्वकै सर्वाधिक धनी व्यक्ति
वाशिङटन डीसी । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजन डट कमका हाकिम जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
गएको २४ घण्टामा उनको सम्पत्ति २० करोड ९० लाख डलरले घटेको भए पनि उनी शीर्ष स्थानमा उक्लिएका छन् । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई उछिनेर बेजोस शीर्ष स्थानमा उक्लिएका हुन् ।
सूचीको दोस्रो स्थानमा रहेका मस्कको नेटवर्थ २ खर्ब ३ अर्ब डलर रहेको छ । गएको २४ घण्टामा उनको नेटवर्थ ३ अर्ब १९ करोड डलरले घटेको छ । १ खर्ब ९८ अर्ब डलरसहित फ्रान्सेली लक्जरी टाइकुन बर्नर्ड आर्नो तेस्रो स्थानमा छन् ।
सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक मार्क जुकरबर्ग सूचीको चौथो स्थानमा छन् । उनको नेटवर्थ १ खर्ब ७९ अर्ब डलर छ ।
शीर्ष पाँचमा रहेका अर्बपतिहरूमध्ये पाँचौं स्थानमा रहेका ल्यारी पेजको मात्रै नेटवर्थ गएको २४ घण्टाको कारोबारमा बढेको छ । पेजको नेटवर्थ सो अवधिमा १ अर्ब २२ करोड डलरले बढेर १ खर्ब ५७ अर्ब डलरमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण