बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी– मोहम्मद नाबी (अफगानिस्तान)

सोमबार, ०३ असार २०८१, १३ : ४४
सोमबार, ०३ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सहभागी अफगानिस्तानको टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्, मोहम्मद नाबी । उनी टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । उनले आफ्नो उत्कृष्ट प्रदर्शनले अफगानिस्तानलाई थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको स्वाद चखाएका छन् ।

उमेरले ३९ वर्ष पुगिसकेका मोहम्मद नाबीले देशका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनी अफगानिस्तानका लागि पाँच हजार पाँच सयभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ५० भन्दा बढी विकेट पनि लिइसकेका छन् । उनले हालसम्म अफगानिस्तानका लागि तीन टेस्ट खेल्दै कुल ३३ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले एकसय ६१ खेल खेल्दै कुल तीन हजार चार सय ४७ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुई शतक र १६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय ३६ रन हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय २४ खेल खेल्दै कुल दुई हजार एक सय ३९ रन बनाएका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ६ वटा अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर ८९ रन हो । यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा आठ विकेट लिएका छन् । बलिङतर्फ टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ३६ रन खर्चिएर तीन विकेट हो ।

यसैगरी मोहम्मद नाबीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल एक सय ६९ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल १७ रन खर्चिएर पाँच विकेट हो । उनले चार पटक चार विकेट पनि लिएका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले ९५ विकेट लिइसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल १० रन खर्चिएर चार विकेट हो । यो ढाँचाको क्रिकेटमा उनले तीन पटक चार विकेट लिएका छन् ।

यसैगरी उनले टेस्ट क्रिकेटमा दुई, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६४ विकेट पनि लिएका छन् । त्यसैले मङ्गलवार खेलिने वेस्ट इन्डिजविरुद्धको महत्त्वपूर्ण खेलमा उनी अफगानिस्तानका लागि बलियो हतियार बन्न सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप