सरकारले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्नुपर्छः कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
संसद सचिवालयका कर्मचारीहरुले बैठक भत्ता लगायतका सेवा, सुविधा बढाउनुपर्ने माग गर्दै आन्दोलन शुरु गरिरहेका बेला नेपाली कांग्रेसले उनीहरुको सो माग न्यायसम्मत भएको निष्कर्ष निकाल्दै उनीहरुको माग तत्काल सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।
सोमवार सिंहदरबार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्नेबारे दलहरुसँग छलफल गरेका थिए । सोही बैठकमार्फत संसद सचिवालयका कर्मचारीहरुले राखेको बैठक भत्ता लगायतको काम उचित, जायज र न्यायसम्मत भएकाले माग तत्काल सम्बोधन हुनेगरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई अनुरोध गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन गर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा रहेको पनि स्पष्ट पारे । त्यसैगरी प्रमुख सचेतक लेखकले संसदका लागि आवश्यक बजेटको तत्काल निकासा गर्न पनि सरकारलाई सचेत गराए ।
बैठकमा सबै राजनीतिक दलहरुले संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन हुनेगरी सरकारले तत्काल बजेटको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण