सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि
सोमबार, ०३ असार २०८१, १६ : ०९
काठमाडौँ । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि शुरु हुने भएको छ । खेल मंगलवारबाट शुरु भइ शुक्रवार सम्पन्न हुनेछ ।
गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी शिर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागु हुनेछ । जसबाट शिर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिष्पर्धा गर्न पाउने आयोजकले बताएको छ ।
शनिवार प्रो एम च्याम्पियनसिप पनि हुनेछ । जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिष्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण