नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टद्वारा संन्यासको घोषणा
काठमाडौँ । नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आइतबार टी–२० विश्वकपमा श्रीलंकाविरुद्धको खेल नै राष्ट्रिय टोलीका लागि उनको अन्तिम खेल हुने भएको हो ।
दक्षिण अफ्रिकामा जन्मिएका ३५ वर्षीय खेलाडीले सन् २०२३ मा नेदरल्यान्ड्सका लागि डेब्यू गरेका थिए । उनले टोलीका लागि १२ एक दिवसीय र १२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले एकदिवसीयमा ३५ को औसतले ३८५ रन तथा ३१.११ को औसतले टी–२० अन्तर्राष्ट्रिय रन बनाएका छन् । यो विश्वकपमा उनले नेदरल्यान्ड्सका लागि सर्वाधिक रन पनि बनाए । ४ खेलमा उनले २४.५ औ औसतले ९८ रन जोडे ।
श्रीलंकाविरुद्धको खेलमा उनले बाउन्ड्रीमा गरेको बचाउ यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । इन्स्टाग्राम रिलमा उक्त भिडियोले लाखौँ भ्यूज पाएको छ ।
उनी फिल्डिङका लागि चर्चित थिए । सन् २००८ मा दक्षिण अफ्रिकाबाट खेल्दा नै उनको फिल्डिङको चर्चा हुने गरेको थियो । यू–१९ विश्वकपमा उनले पपुवा न्युगिनीविरुद्ध लिएको क्याचको अझै चर्चा हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण