नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टद्वारा संन्यासको घोषणा

काठमाडौँ । नेदरल्यान्ड्सका साइब्रान्ड एन्जलब्रेच्टले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आइतबार टी–२० विश्वकपमा श्रीलंकाविरुद्धको खेल नै राष्ट्रिय टोलीका लागि उनको अन्तिम खेल हुने भएको हो ।
दक्षिण अफ्रिकामा जन्मिएका ३५ वर्षीय खेलाडीले सन् २०२३ मा नेदरल्यान्ड्सका लागि डेब्यू गरेका थिए । उनले टोलीका लागि १२ एक दिवसीय र १२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले एकदिवसीयमा ३५ को औसतले ३८५ रन तथा ३१.११ को औसतले टी–२० अन्तर्राष्ट्रिय रन बनाएका छन् । यो विश्वकपमा उनले नेदरल्यान्ड्सका लागि सर्वाधिक रन पनि बनाए । ४ खेलमा उनले २४.५ औ औसतले ९८ रन जोडे ।
श्रीलंकाविरुद्धको खेलमा उनले बाउन्ड्रीमा गरेको बचाउ यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । इन्स्टाग्राम रिलमा उक्त भिडियोले लाखौँ भ्यूज पाएको छ ।
उनी फिल्डिङका लागि चर्चित थिए । सन् २००८ मा दक्षिण अफ्रिकाबाट खेल्दा नै उनको फिल्डिङको चर्चा हुने गरेको थियो । यू–१९ विश्वकपमा उनले पपुवा न्युगिनीविरुद्ध लिएको क्याचको अझै चर्चा हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिटोक्रेसीबारे ओली : म प्रधानमन्त्री हो, तर म एक्लै त छैन नि देशमा
-
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह
-
बेनफिकाका स्पेनिस खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड
-
एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँ : महासचिव पोखरेल
-
प्रतिनिधिसभामा दुई संसदीय समितिका प्रतिवेदन पेस
-
राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली