एप्पलले खारेज गर्यो ‘पे लेटर’ कर्जा योजना
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले ‘अहिले किन पछि पैसा तिर’ भन्ने ईन–हाउस कर्जा योजना खारेज गरेको छ । कम्पनीले गएको वर्ष मात्रै सो कर्जा योजना लन्च गरेको थियो । अब भने कम्पनीले तेस्रो पक्षको क्रेडिट र डेबिट कार्डमार्फत कर्जा दिने कर्जादातामार्फत आफ्ना उपभोक्तालाई कर्जा उपलब्ध गराउने भएको छ ।
‘पे लेटर’का विद्यमान ऋणीहरूले एप्पलको वालेट एपबाटै भुक्तानी गर्न सक्नेछन् । एप्पलले परम्परागत वित्तीय सेवा प्रदायकहरूलाई टक्कर दिन पे लेटर अभियान सुरु गरेको थियो । अमेरिकामा एप्पल पे लेटरका प्रयोगकर्ताहरूले हजार डलरसम्मको किस्तालाई कुनै ब्याज वा शुल्क बिना ६ हप्ताको अवधिमा तिर्न सक्नेछन् ।
आफ्ना उत्पादन किन्न खोज्ने ग्राहकहरूलाई बैंक वा परम्परागत कर्जादाताहरूको भर नपरी आफैँले सजिलो र प्रभावकारी ढङ्गले कर्जा दिन एप्पलले सो योजना सुरु गरेको थियो । पे लेटरबाट ऋण दिन कम्पनीले नयाँ सहायक कम्पनी एप्पल फाइनान्सिङ नै स्थापना गरेको थियो ।
तर महँगी नियन्त्रण गर्न विश्वभर केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाउन थालेपछि यस्ता योजना प्रति प्रयोगकर्ताका रुचि घटेको थियो । किस्ता भुक्तानीको विकल्पका लागि अमेरिकालगायत केही देशमा केही ठुला स्थानीय बैंकसँग साझेदारी गरिने गएको हप्ता वार्षिक डेभलपर कार्यक्रममा एप्पलले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण